• शनिबार, साउन १६ २०८३

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा


शुक्रबार, चैत्र ११ २०७८
665
Shares

सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसो बस्दै छ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ ।

बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।

काँग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ ।

सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार