• शनिबार, साउन १६ २०८३

नेविसंघ र नेपाल तरुण दलको तदर्थ समिति गठनको विरोधमा प्रदर्शन गर्ने


शुक्रबार, चैत्र ११ २०७८
610
Shares

नेपाली कांग्रेसको संस्थापनइतर समूहले दुई भ्रातृ संस्थाको तदर्थ समिति गठनप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलको तदर्थ समिति गठनप्रति इतर समूहले असहमति जनाएको हो। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान् गुरुङलाई मनोनयन गरेपछि इतर समूह रिसाएको हो।

कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालानिकट विद्यार्थीले नेविसंघ र तरुण दलको तदर्थ समितिका अध्यक्ष चयनमा एकलौटी गरिएको आरोप लगाउँदै सानेपामा विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन्। उनीहरूले केन्द्रीय कार्यसमिति बैठक बस्नुभन्दा १ घण्टाअगावै सानेपा पुगेर प्रदर्शन गर्ने तयारी गरेका छन्।

कोइराला समूहमा रहेका विद्यार्थीले ‘पार्टीभित्र एकाधिकार लाद्न नपाइने’, ‘भ्रातृ संस्थामा एकलौटी मनोनयन अन्त्य गर्नुपर्ने’लगायत माग राखेका छन्।

कोइराला समूहको गत बुधबार पानीपोखरीमा बसेको बैठकले भ्रातृ संस्थामा गरिएको मनोनयनप्रति असन्तुष्टि जनाएको थियो। बिहीबार बालुवाटारस्थित कोइरालाको सचिवालयमा विद्यार्थी नेतासहित बसेको बैठकले सभापति देउवाको निर्णयप्रति असहमति जनाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार