• बुधबार, भाद्र ३१ २०८३

गोरखाबाट राजेन्द्र लिङ्देनकाे उद्घाेष: अबपनि ठूला दलले चुनाव जिते देश बर्बाद हुन्छ


शुक्रबार, चैत्र ११ २०७८
920
Shares

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब फेरी ठूला दलहरुले चुनाब जितृ देश बर्बाद हुने बताएका छन् ।

राप्रपा गोरखाले बिहीबार जिल्ला सदरमुकाम गरेको कार्यक्रम बोल्दै उनले ती दललाई साँढेको दर्जा दिएका छन् ।

‘काँग्रेस, एमाले र माओवादीले चुनाब जितेर यो देशमा केही हुन्छ भन्नु साँढेँको टाङमुनि बाल्टिन थाप्नु जस्तै हो,‘उनले भने,‘साँढेको धर्म दुध दिने होइन ।’

ती दलहरुले देश चलाएको लामो समय भइसक्दा पनि केही नगरकोले बिकल्प खोज्नु पर्ने उनको दाबी छ । अब फेरी तिनै दललाई भोट दिएर गल्ती नगर्न उनले अनुरोध गरेका छन् ।

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तिनका सीमित नेताको चक्रब्युहमा देशसँगै हामी पनि फसेका छौँ,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरूलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन, हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ ।’

ठूला भनिएका राजनीतिक पार्टीले देशलाई भिख माग्ने बनाएको भन्दै उनले एमसीसी पास गर्नु गलत भएको तर्क गरे ।

सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आईसीसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरू रामराजा कोइराला, लोकनाथ तिवारी लगायतले सम्बोधन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार