• बुधबार, भाद्र ३१ २०८३

गोरखा, तनहुँ र लमजुङका पेट्रोलियम ब्यवशायी आन्दोलित, पम्प बन्द गर्ने चेतावनी


बिहिबार, चैत्र १० २०७८
750
Shares

गोरखा । गोरखा, तनहुँ र लमजुङका पेट्राेलियम ब्यवसायी आन्दाेलित बनेका छन् । नेपाल आयल निगमले आफ्ना मागहरु पुरा नगरेकाे भन्दै उनिहरु आन्दाेलित बनेका हुन् । पूर्वी गण्डक डिलर्स एशोसिएशनले जिल्ला प्रशासन कार्यालय गोरखामा चैत २० बाट पेट्रोल पम्प बन्द गर्ने भन्दै जानकारी पत्र समेत बुझाएको छ ।

पूर्वी गण्डकी डिलर्स एशोसियशनका अध्यक्ष सित्तलकाजी मास्केले यस अघि दिँदै आएको कमिसन दिनुपर्ने, पेट्रोलियम ऐन नभएको हुँदा बनाएर लागु गर्नुपर्ने, यातायात क्षेत्रमा लागु गरेको बैज्ञानीक भाडादर पेट्रोलियम पदार्थ ढुवानीमा लागु गर्नुपर्ने बताए । यस अघिको अध्ययन प्रतिवेदन अनुसार काम नभएको बताउँदै उनले आन्दोलनको कार्यक्रम चैत्र ५ गतेदेखि चलिरहेको बताए ।

चैत १८ देखि अमलेखगञ्ज डिपोबाट तेल खरिद नगर्ने र २० गतेबाट बिक्री पनि रोक्ने भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रशासन कार्यालय लमजुङमा पनि बुधवार ज्ञापन पत्र बुझाइएको अध्यक्ष मास्केले बताए । गोरखा, तनहुँ, लमजुङ क्षेत्रका पेट्रोलिय पदार्थ बिक्रेताहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय गोरखामा अधिकृत गणेशप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै भट्टराईले आफुले मागहरु संम्बन्धीत निकायमा जानकारीका लागि पठाउने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार