
समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
आज (मंगलबार) दिउँसो १ बजे एमाले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउने जनाइएको छ ।
मंगलबार पूर्व मन्त्री सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी नै एमालेमा समाहित हुन लागेको हो।
तीन पटक कानून मन्त्री भइसकेका सिंह पूर्व विज्ञान प्रविधि तथा खानेपानी मन्त्री हुन् । २०४९ देखि २०६१ सम्म एमाले केन्द्रीय सदस्य रहेका उनी त्यसअघि नेपाल मजदुर किसान संगठनको उपाध्यक्ष थिए।
अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय थिइन् ।

