


गोरखा । नेपाल मगर महिला संघ जिल्ला समितिको अध्यक्षमा पवित्रा थापा मगर चयन भएकी छिन् । सोमबार सदरमुकाममा भएको संघको तेस्रो अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सुधा राना, सचिवमा सावित्रा थापा मगर र कोषाध्यक्षमा रिना थापा मगर चयन गरेको संघले बताएको छ । त्यस्तै सदस्यहरुमा चन्द्र कुमारी आले, जुनी माया थाप मगर, शान्ता थापा मगर र सञ्जु थापा मगर निर्विरोध चयन भएका छन् ।


समितिको सहसचिव भने मनोनित हुन बाँकी रहेको बताइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल मगर महिला संघकी केन्द्रिय अध्यक्ष विनिता आले मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रिय उपाध्यक्ष हिरु राना मगर, सावित्रा थापा मगर, नानुमाया थापा मगर, सिद्धि बहादुर पाटा मगर, खिल बहादुर राना मगर लगायतले बोलेका थिए ।

