• शनिबार, साउन १६ २०८३

एमालेले वैशाख ९ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने


सोमबार, चैत्र ७ २०७८
1.2K
Shares

प्रतिपक्षी नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी पोलिटब्यूरो बैठकले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिने बताए ।

उनका अनुसार स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्नका लागि विधि र मापदण्ड पनि बनाइएको छ । स्थानीय तह निर्वाचनका लागि वडाध्यक्ष र वडा सदस्यहरु वडा कमिटीले सिफारिस गर्ने निर्णय गरिएको छ ।

यस्तै, पालिका निर्वाचनका लागि पालिका कमिटीहरुले गर्ने बताइउको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार