• शनिबार, साउन १६ २०८३

रुस–युक्रेन युद्ध रोक्न गोरखामा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन


सोमबार, चैत्र ७ २०७८
1.5K
Shares

गोरखा । रुस–युक्रेन युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजले गोरखामा प्रदर्शन गरेकाे छ । हिंशाका युक्रेनमा मानवअधिकारका जघन्य घटनाहरु बढ्दै गएकाे भन्दै तत्काल युद्ध राेक्न माग गर्दै समाजले गोरखा सदरमुकाममा प्रदर्शन गरेकाे हाे ।

रुस: युक्रेनमाथि अतिक्रमण बन्द गर, शान्तिकाे अधिकारकाे रक्षा गर, युक्रेनबाट रुसी सेना फिर्ता गर जस्ता नारा लेखिएका प्ले कार्डहरु सहित नागरिक समाज तथा मानवअधिकार संवद्ध अधिकारकर्मीले प्रदर्शन गरेका हुन् ।

मानव अधिकार तथा शान्ति समाज गोरखाका कार्यबहाक सभापति सिताराम तिवारीकाे नेतृत्वमा हरमटारीचाेकमा आधा घण्टा प्रदर्शन गरिएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार