• बुधबार, भाद्र ३१ २०८३

जसपाको गण्डकी प्रदेश अध्यक्षमा रिजाल


आइतबार, चैत्र ६ २०७८
790
Shares

जनता समाजवादी पार्टीले गण्डकी प्रदेश स्तरीय समायोजन गरेको छ।

समाजवादी पार्टी, राजपा र नेपाल लोकतान्त्रिक पार्टीबीच समायोजन गरेर मोती रिजालको अध्यक्षतामा एक सय ५१ सदस्यीय प्रदेश समिति गठन भएको हो।
तीन पार्टीबाट आएकाहरूलाई समायोजन गरेर पार्टी प्रदेश समिति बनाइएको छ।

रिजालको अध्यक्षतामा प्रदेश समिति गठन गरिएको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले उल्लेख गरेका छन्।

साथै मनबहादुर गुरूङको अध्यक्षतामा तमुवान राष्ट्रिय समिति गठन भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार