
गोरखा। नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संगठन गोरखाको सदरमुकाममा शनिवार भएको १३ औँ जिल्ला अधिवेशन बाट २८ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएका छन् भने अध्यक्षमा राजन कट्टेल चयन भएका छन् ।

उपाध्यक्षमा अमृत लामिछाने, गिता पाण्डे, सचिवमा सुदिप कट्टेल, सहसचिव उषा थापा, कोषाध्यक्ष सुस्कर ढकाल, सहकोषाध्यक्ष सरिता न्यौपाने खनाल लगायत रहेका छन् ।
संगठनका पूर्व अध्यक्ष रामप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत, संगठनका गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद पोखरेल, एमाले गण्डकी प्रदेश सदस्य सुरेन्द्र थापा, जिल्ला सचिव काजिराम रोका, सह सचिव बिशाल थापा लगायतले मन्तब्य राखेका थिए ।
सचिव र कोषाध्यक्षले प्रस्तुत गरेका आर्थिक र सांगठनिक प्रतिवेदन पनि सर्वसम्मतले पारित गरेको सचिव सुदिप कट्टेलले बताए ।


