
गोरखा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब एमाले नरहेको टिप्पणी गरेको छन्।
गोरखामा आयोजित नेकपा एकीकृत समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमाले अब एमाले रहेन, बि माले, सि माले भयो’ उनले एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको बताए। आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन आग्रह गरे।


गाली गलौज बाहेक ओलीले केही नगर्ने बताउँदै उनले एउटा नेताको मुखबाट निस्कन नहुने कुरा ओलीको मुखबाट पटक–पटक निस्कने गरेको बताए । एमाले अध्यक्ष ओलीलाई नेपालले रावणको संद्या दिएका छन् । नेकपा एस गोरखाले शनिवार सदरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै उनले भने ‘एमाले भत्काउने काममा मात्र लागेको विध्वंसकारी पार्टी भयो ।’
सन्तती रावण भै दियो भनेर त्यसको दोष बाबु आमालाई दिन नहुने बताउँदै उनले केपी ओली लाई लक्षित गर्दै भने ‘आफैँले जन्माएको सन्तान राबण भै दियो’, उनले भने ‘पटक पटक भनेको छु सुर्यमा ग्रहण लागिसक्यो ।’ नेकपा एमाले आफुले जन्माएको बताउँदै उनले अहिले भत्काउने काममा मात्र लागेको एमालेलाई नेकपा एसले राम्रो काम गरेर देखाउनुपर्ने बताए ।



अबको चुनाव अग्नी परीक्षा रहेको बताउँदै उनले गोरखाका नेता कार्यकर्तालाई चुनाव केन्द्रित हुन, जनताको घरदैलोमा पुग्न र पार्टीको ऐजेण्डाबारे जानकारी गराउन निर्देशन गरे । नेकपा एसले बाग्मती प्रदेशमा र राष्ट्रिय सभामा एमालेलाई पराजित गरेर आफुले जितको सुरुवात गरिसकेको उनले बताए ।
प्रशिक्षणमा पटक–पटक केपी ओली प्रति खनिएका उनले नेकपाको एकता ओलीको षड्यन्त्रले भंग भएको आरोप लगाए । ‘ओलीले प्रचण्डको काँधमा टेकेर आफुलाई अग्लो देखाउन खोजे’ नेता नेपालले भने । ओलीको एमाले प्राली जस्तो भएको बताउँदै उनले ओली सुध्रिन्छन् कि भनेर धेरै समय पर्खिएको तर नसुध्रिएको बताए ।
कार्यकर्तालाई उनले गाउँगाउँमा चुनाव प्रचारमा लाग्न र संगठन निर्माणमा केन्द्रित हुन सुझाब दिए । एकिकृत समाजवादीमा एमाले छाडेर आउनेको संख्या दिनदिनै बढेको दावी गर्दै उनले देशभर यो लहर चलिरहेको बताए।
शुक्रवार गोरखाको बारपाक, लाप्राक पुगेर कार्यकर्ता भेटघाट गरेका नेता नेपाल शनिवार कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर फर्केका हुन् । नेकपा एसका अध्यक्ष यादब बस्नेतको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा गोरखाको बिभिन्न पालिकाबाट दुई सय भन्दाबढि कार्यकर्ता सदरमुकामा उपस्थित भएका थिए ।

