

गोरखा । नेपाल मुस्लिम संघ गोरखाको अध्यक्षमा जमिल मियाँ चयन भएका छन् । संघको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट मियाँ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा रहेको संघ अधिवेशनले दुई उपाध्यक्षमा जमिल मियाँ (नफ्जल), मोहमदिन मियाँ, सचिवमा सम्सुदिन मियाँ, महिला सचिवमा सजिरा बानु, सहसचिवमा महिबुब मियाँ र बाबुदिन मियाँलाई निर्विरोध चयन गरेको छ ।
त्यस्तै संघको कोषाध्यक्षमा मोहम्मद याकुव मियाँ चयन भएभने सदस्यहरुमा सविना मियाँ, राजुदिन मियाँ, महरमली मियाँ, निजामदिन मियाँ चयन भएको बताइएको छ । त्यस्तै सदस्यमै सम्मत अलि, महोमदिन मियाँ, दाउद स्लाम मियाँ, अब्दुल मियाँ, अस्गर अलि मियाँ, सुब्हान बक्स मियाँ र वलिम दिन मियाँ सर्वसम्मत भएका छन् ।


संघका जिल्ल अध्यक्ष अलिउल्ला मियाँको अध्यक्षमा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस गोरखाका सभापति नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति न्यौपानेले मुस्लिमलाई नेपाली काँग्रेस बाहेक अन्य दलको संरक्षण नरहेको दावी गरेका छन् ।
मुस्लिम लगायतका समुदायको हितमा जहिल्यै काँग्रेस उभिने गरेको बताउदै उनले कम्युनिष्ट सरकार आएपछि धार्मिक पर्वहरुको विदा कटौती गर्नुले पनि त्यसको पुष्टि गरेको बताए । फरक प्रशंगमा बोल्दै उनले एमसिसिलाई अनावस्यक चुनावी प्रपोकाण्डा बनाएर कम्युनिष्टहरुले झेल गर्न खोजेको तर्क गरे । चुनावी अभियानमा लागेर कांग्रेसको पक्षमा माहोल बनाउन उनले मुस्लिम समुदायलाई आग्रह समेत गरेका छन् ।


कार्यक्रममा काँग्रेसका महासमिती सदस्य राजनराज पन्तले मुस्लिम समुदायका ब्यक्ति कम्युनिष्ट हुनै नसक्ने तर्क गरे । गोरखा नगरपालिकाका मेयर समेत रहेका पन्तले मुस्लिम समुदायको संरक्षण, विकास र धार्मिक संरचना निर्माणमा नगरपालिकाले हरेक बर्ष लाखौ खर्च गर्ने गरेको जानकारी दिए ।
कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय सचिव रहमतुल्ला मियाँ, केन्द्रिय सदस्य रजनी मियाँ, वडा नम्बर २ का पार्टी सभापति तिलक बहादुर बाँनियाँ, सलावतदिन मियाँ, मोहम्मद करिम मियाँ, जमिल मियाँ, इशाक मियाँ लगायतले बोलेका थिए ।

