• शनिबार, साउन १६ २०८३

गृहमन्त्री खाँणले भने-पेट्रोलको मूल्य रियल टाइममै समायोजन गर्न छलफल हुँदैछ


मंगलबार, चैत्र १ २०७८
670
Shares

गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताएका छन् । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उनले यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयोजना कार्यक्रममा बोल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुको कारण पेट्रोलियम पदार्थ हो । अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्नु हुन सक्छ, हामी छलफल गरिरहेका छौं ।’औषधिमा पनि उपभोक्ता ठगिएको भन्दै उनले उपभोक्ताको कानुनी अधिकार संरक्षण गर्न सरकार तयार रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार