• बुधबार, भाद्र ३१ २०८३

एमाले सचिवालय बैठक बस्दै, स्थानीय चुनावको तयारीबारे छलफल हुने


मंगलबार, चैत्र १ २०७८
715
Shares

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज सचिवालय बैठक बस्ने तयारी छ।

बैठकमा स्थानीय तह चुनाव तयारी केन्द्रित छलफल गर्न एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। उपमहासचिव गुरूङले अहिलेसम्म भएका कामको रिपोर्टिङ र आगामी रणनीति तय गर्न सचिवालय बैठक आज अपरान्ह ३ बजे बालकोटमा बस्ने जानकारी दिए।

उनले पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने र चुनावी घोषणा पत्रको तयारीको जिम्मा दिनेबारे सचिवालय बैठकमा छलफल हुने पनि बताए।चैत ७ मा पोलिटब्युरो र ९ मा केन्द्रीय कमिटी बैठक हुने भएकोले त्यसका एजेन्डासमेत आजको सचिवालय बैठकले तय गर्ने तयारी एमालेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार