
गोरखा। नेकपा एमालेसम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघको जिल्ला भेलामा अध्यक्षमा बिक्रम तामाङ चयन भएका छन्।

भेलामा तामाङको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय जनसांस्कृतिक महासंघ जिल्ला कमिटि गोरखा चयन गरेको छ । सोही भेलामा प्रदेश सम्मेलनका लागि १० जना प्रतिनिधि पनि चयन गरेको नेकपा एमालेले जनाएको छ ।
जनसांस्कृतिक महासंघका जिल्ला अध्यक्ष बलराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रदेश सचिवालय सदस्य बाबुराम थापा, गण्डकी प्रदेश सदस्य प्रजापति पराजुली, जिल्ला उपाध्यक्ष कृष्ण नेपाली, सचिव काजीराम रोका, जिल्ला सदस्य पार्वती पाठक, कल्पना नेपालीलगायतले मन्तब्य राखेका थिए ।

