• शनिबार, साउन १६ २०८३

अध्यक्ष प्रचण्ड भन्छन् : एमसीसीबारे मैले गरेको निर्णय पार्टीमा विफल भए राजीनामा दिन्छु


आइतबार, फाल्गुन २९ २०७८
680
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए राजीनामा दिने बताएका छन् ।

आइतबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले एमसीसी विवादबारे पार्टीभित्र चुनावपछि फेरि छलफल गरिने भन्दै त्यसबेला आफ्नो निर्णय र प्रस्ताव विफल भए पदबाट राजीनामा दिने बताएका हुन् ।

‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । प्रस्ताव फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुहोला।’ उनले भने ।

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर मुलुकलाई दुर्घटनामा जानबाट रोकाएको दावी गर्दै दाहालले पार्टीभित्र विमतीको स्वर राख्नेहरुलाई फेल गरेर देखाउन चुनौती दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार