
नेपाली कांग्रेसले एक महिने चुनावी अभियान आजबाट सुरु गर्दैछ ।
वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको होे ।
७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । अभियानको आज पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।
कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ ।
चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ ।
अभियानको क्रममा जनताबाट संकलन गरिएका सुझावको आधारमा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर निर्णय लिइने जनाइएको छ ।

