• शनिबार, साउन १६ २०८३

पत्रकार मियाँ प्रेस चाैतारीबाट पुरस्कृत


शनिबार, फाल्गुन २८ २०७८
690
Shares

पत्रकार अब्दुल्लाह मियाँलाई प्रेस चौतारी नेपालले पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपालको पोखरा सभागृहमा आयोजित नवौं महाधिवेशनको उद्घाटनसत्रमा मियाँलाई प्रेस चौतारी पद्मलक्ष्मी-सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रेस चौतारी इन्चार्ज एवं पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र चौतारीका अध्यक्ष गणेश बस्नेतले नगदसहित पुरस्कृत गरेका थिए ।

गाेरखा नगरपालिका २ घर भएका मियाँ करिब दशकयता काठमाण्डाैमा रहेर वातावरण क्षेत्रमा कलम चलाउदै आएका छन् । हाल उनि कान्तिपुर दैनिकमा कार्यरत छन् ।

चाैतारीले महाधिवेशनकै अवसरमा मियाँसहित ११ अन्य पत्रकारलाई समेत पुरस्कृत गरेकाे जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार