• बुधबार, भाद्र ३१ २०८३

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश


बिहिबार, फाल्गुन २६ २०७८
670
Shares

बैतडी। बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेस प्रवेश गरेकी छन्।

२०७४ मा भएको स्थानीय तह निर्वाचनम उनी नेकपा एमालेबाट उम्मेदवार भई चुनाव जितेकी थिइन्। यसबीचमा उनलाई एमालेले पार्टीबाट निकालेको थियो। राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोप उनीमाथि थियो।

आज आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष चन्दलाई साधारण सदस्यता दिएर कांग्रेस प्रवेश गराएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार