• बुधबार, भाद्र ३१ २०८३

नेपाल कम्युनिष्ट पार्टीद्वारा जग्गा कब्जा


बिहिबार, फाल्गुन २६ २०७८
880
Shares

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको आरोप लगाउँदै जग्गा कब्जा गरेको बताएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘गुण्डागर्दी शैलीमा गोरेटो बाटोलाई आफ्नो जग्गा बिक्रीवितरणका लागि सरकारी जग्गा दहन गरी व्यक्तिको सम्पत्तिमाथि हस्तक्षेप गरी बाटो विस्तार गरिएको हुँदा भ्रष्ट दलाल, तस्कर, भुमाफियाहरुलाई यस्तो कार्य नगर्न वा नगराउन हाम्रो केन्द्रीय जनसत्ता सूचित गर्दछ ।’

उक्त पार्टीले सार्वजनिक जग्गामा अवरोध सिर्जना गरी आवतजावतमा समस्या भएकाले जग्गा कब्जा गर्नुपरेको उल्लेख गर्दै अवरोध हटाउन पनि अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार