• बुधबार, भाद्र ३१ २०८३

सभामुख र फ्रान्सेली प्रतिनिधि मण्डलबीच भेट


बुधबार, फाल्गुन २५ २०७८
755
Shares

सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ। 

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटासँग अध्यक्ष भेरोनिक रियोतोँ  नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेका हुन्।

भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ। 

अध्यक्ष रियोतोँले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरू अझै सक्रियताका साथ लागिपर्ने बताएका थिए। भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरूबारे पनि छलफल गरिएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार