• आइतबार, साउन १७ २०८३

जसपा केन्द्रीय नेता र पूर्व सांसदसहित ४ सय जना एमाले प्रवेश


बुधबार, फाल्गुन २५ २०७८
825
Shares

पोखरा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

जसपाका ९ जना केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सयजना मंगलबार एमाले प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । सिर्जनाचोकको साइमन पार्टी प्यालेसमा बिहान १० गते पार्टी प्रवेश कार्यक्रम भएको थियो ।

सुवेदी र नेपालीसहित संविधान सभा सदस्य कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन लगायत एमाले प्रवेश गरेका हुन् ।

‘सुखी नेपाली समृद्धि नेपाल बनाउन एमालेको विकल्प देखिएन,’ देवी सुवेदीले भने, ‘राष्ट्रियताको रक्षा गर्न पनि एमाले नै अघि देखियो ।’ उनले सबल र सक्षम नेतृत्व केपी ओलीमा मात्रै देखिएकाले एमालेमा प्रवेश गरेको उनले बताए । एमालेमा प्रवेश गर्ने अभियान आफूहरुले पोखरामा मात्रै नभई देशैभरि चलाइराखिएको सुवेदीले सुनाए । गत साता जसपाका गण्डकी ईञ्चार्ज गणेशमान गुरुङसहित विभिन्न पार्टीका गरी एक हजार बढी एमालेमा प्रवेश गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार