• बुधबार, भाद्र ३१ २०८३

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा


बुधबार, फाल्गुन २५ २०७८
635
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ। बुधबार दिउँसो समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सत्ता गठबन्धन, आगामी निर्वाचन र एमसीसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थितिलगायतका विषयमा छलफल हुनेछ।

यस अगाडि नै पोलिटव्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

उक्त बैठकबाट पास भएका एजेण्डामाथि आज छलफल हुनेछ। आज र भोली दुई दिन बैठक बोलाइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार