• आइतबार, साउन १७ २०८३

एमाले निकट वुद्धिजीवि परिषद गोरखाकाे अधिवेशन सकियाे, अध्यक्षमा रमेश अधिकारी


मंगलबार, फाल्गुन २४ २०७८
780
Shares

गोरखा । नेकपा एमाले निकट नेपाल वुद्धिजीवि परिषद जिल्ला कार्यसमिति गोरखाको आठौँ अधिवेशन सम्पन्न भएको छ । मंगलबार गाेरखा नगरपालिका ८ स्थित चाइनिजधारामा रहेकाे एमाले पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले रमेश अधिकारीकाे नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेकाे हाे ।

जसमा परिषदको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा कमलप्रसाद लामिछाने, उपसचिवमा रामचन्द्र अर्याल, इन्द्रा बानियाँ र कोषाध्यक्षमा खिलनाथ सिंखडा चयन भएका छन् ।

समितिको सदस्यहरुमा नवीन कट्टेल, होमनाथ रिमाल, रोशन बानियाँ, अशोक रानामगर, ज्ञानेन्द्र पोखरेल, सुशील अर्याल, अमृत लामिछाने र राजेन्द्र भट्ट रहेका छन् ।

परिषदका अध्यक्ष ऋृषि खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने कार्यक्रममा नेकपा एमालेको जिल्ला अध्यक्ष प्रेम गुरुङ, सचिव काजीराम रोका, उपाध्यक्ष कृष्ण नेपाली लगायको कार्यक्रममा उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार