नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोकेको छ। सोमबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले
सातै प्रदेशका इन्चार्जहरुको टुंगो गरेको हो।
माओवादीले प्रदेश १ मा राम कार्की, मधेश प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज बनाएको हो।

