
एमालेका अध्यक्ष केपी ओली पोखरा पुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा
पुगेको बताइएको छ।
मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहामा लागेका छन् ।

