
गोरखा। राप्रपा नेपाल गोरखाले अध्यक्षमा कुलबहादुर बस्नेतलाई सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेतलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।
बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिती गठन भएको छ ।
