• आइतबार, साउन १७ २०८३

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै


सोमबार, फाल्गुन २३ २०७८
785
Shares

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज साेमबार पनि बस्दै छ । बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हाे । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । 

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । ढकालका अनुसार बैठकको कार्यसूची  कार्ययोजना  निर्माण  र संगठन हुनेछ । गत पुसमा सम्पन्न  माओवादीको आठौँ  महाधिवेशनले २४७  केन्द्रीय  सदस्य  चयन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार