• आइतबार, साउन १७ २०८३

गोरखाका जगतकुमार श्रेष्ठ बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रमुख नियुक्त


सोमबार, फाल्गुन २३ २०७८
945
Shares

गोरखा । बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइको संयोजकमा ईन्जिनियर जगतकुमार श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सरकारले आयाेजनाकाे संयाेजकका रुपमा नियुक्त गरेकाे हाे ।

आइतबारको ऊर्जा मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई २ बर्षका लागि संयाेजकका रुपमा नियुक्त गरिएको बताइएकाे छ ।

गोरखाकाे भिमसेन थापा गाउँपालिका बगुवाका स्थायी बासिन्दा समेत रहेका उनी पुल्चोक इन्जिनियरिङ कलेजमा डिन समेत रहेका थिए । यस अघि कृष्णबहादुर कार्कीको नेप्सेकाे सिइओका रुपमा सरुवा भएसँगै सिउरेनीटार स्थित इकाई प्रमुख बिहिन थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार