गोरखा । नेपाली काँग्रेस गोरखाले स्थानीय निर्वाचन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सूरु गरेको छ । पहिलो दिन अजिरकोट गाउँपालिकाको भच्चेक बजार मा कार्यक्रम भएको छ ।
कार्यक्रममा बैशाख ३० गते हुने निवाचनमा काँग्रेसलाई बिजयी बनाउन कसले के गर्ने, कस्ता व्यक्तिलाई टिकट दिने जस्ता विभिन्न बिषयमा नेता कार्यकर्ताले सुझाव दिएका थिए ।



नेपाली कांग्रेस अजिरकोट गाउँपालिका सभापति जंगबहादूर गुरुङ अध्यक्षता तथा केन्द्रीय सदस्य सरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु अब्दुल सत्तार, चिनकाजी श्रेष्ठ, पुर्व केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य कमला पन्त, पार्टीका प्रदेश महामन्त्री किरण बाबू श्रेष्ठ, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेश सदस्यहरु मनकुमारी गुरुङ , प्रकाशचन्द्र दवाडी, गाउँ पालिका अध्यक्ष फणिन्दप्रसाद धिताल लगायतले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमका अवसरमा नेपाली कांग्रेस अजिरकोट गाउपालिका को पार्टी कार्यालय उद्धघाटन गरीएको छ । पार्टिका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेबाट पार्टी कार्यालयको उद्धघाटन गरिएकाे बताइएकाे छ ।


