गोरखा । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले गोरखाको पालुंटार नगरपालिका र अजिरकोट गाउँपालिकामा कार्यकर्ता अगुवा प्रशिक्षण कार्यक्रम गरेको छ ।
बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा विजयी बन्न जसपाले जिल्लाभर थालेको अभियान अन्तरगत हिजो पालुङटार र अजिरकोटमा कार्यक्रम सम्पन्न भएको पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकालले जानकारी दिए ।



पालुङटारमा भएको कार्यक्रमलाई पार्टीका संघिय अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गरेका थिए ।
कार्यक्रमकै अवसरमा पालुङटारमा रमेश पोखरेलको संययोजकत्वमा १ हजार १ सय ११ सदस्यिय निर्वाचन परिचालन समिती, सन्तोष पोखरेलको संयोजकत्वमा ११ सदस्यिय प्रचारप्रसार समिति, शम्भु कौडालको संयोकत्वमा आर्थिक समिति र शान्ता न्यौपानेको संयोकत्वमा निर्वाचन घोषणापत्र निर्माण समिती गठन भएको बताइएको छ ।



त्यस्तै अजिरकोटमा समाजवादी युवा संघका जिल्ला अध्यक्ष समेत रहेका मनबहादुर तामाङको संयोजकत्वमा १ हजार १ सय ५१ सदस्यिय निर्वाचन परिचालन समिति, हेम गुरुङको नेतृत्वमा आर्थिक समिति, माधव अधिकारीको संयोकत्वमा प्रचारप्रसार समिति र कस्माघर अधिकारीको संयोजकत्वमा घोषणापत्र निर्माण समिति निर्माण गरिएको जिल्ला सचिव ढकालले बताए । कार्यक्रममा पार्टीका नेतताहरुले सम्बोधन गरेका थिए ।
