• आइतबार, साउन १७ २०८३

कमला पन्तसहित राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदको शपथ आज


शनिबार, फाल्गुन २१ २०७८
535
Shares

राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ।

चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भए पछि गत माघ १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना सांसदको शपथ आज गराइँदै छ।

संघीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजे सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुनेछ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ।

एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

आज शपथ लिन लागेका सांसहरुमा नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँच/पाँच रहेका छन् ।

यसैगरी नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक जना छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार