सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ को निर्वाचनमा जहाँ जसले जितेको छ उसलाई सघाउने गरी गठबन्धन गरिने बताएका छन्।
पुसमा भएको आठौँ महाधिवेशनपछि शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
दाहालले स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा चुनावी गठबन्धन कायमै रहने दाबी गरेका हुन्।
प्रचण्डले चार दलीय सत्ता गठबन्धनमा स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गरेर जाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको बताएका छन्।
‘जहाँ जसले जितेको छ, त्यहाँ सम्बन्धित दललाई जिताउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ’, उनले भने, ‘स्थानीय तहदेखि संघसम्मको निर्वाचनमा पनि त्यसैगरी जाने कुरा भएको छ।’