
नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चुनिएका छन् । बिहीबार भएको अधिवेशनले पौडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा उमाकान्त शर्मा र रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुवेदी र गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनबाट सदस्यहरुमा गोरखाका उद्धव कुमाल र सुजन न्याैपाने चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमै गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, शालिकराम भट्टराई, रोशन लामिछाने, अमीर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, आइतेलाल थकाली, विकास विक, कुमार पौडेल, वसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिाला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सिर्जना बराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दीपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भीकनारायण भुर्तेल र कृष्ण कँडेल निर्वाचित भएका छन् ।
