• आइतबार, साउन १७ २०८३

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक


बिहिबार, फाल्गुन १९ २०७८
625
Shares

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बैठक बसेका हुन्।

एमसिसी पारित भएको अवस्था, वैशाखमा हुने स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्। राष्ट्रिय जनमोर्चाले गठबन्धन छाडेको छ भने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेता सहभागी छन्।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई छन्। यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादी नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पनि बैठकमा सहभागी रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार