• बुधबार, भाद्र ३१ २०८३

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै


बुधबार, फाल्गुन १८ २०७८
715
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बुधबार (आज) दिउँसो १ बजे धुम्बाराही स्थित एसआर बैङ्क्वेटमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुनेछ ।

आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । बैठक भोलिसम्म चल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार