• आइतबार, साउन १७ २०८३

फागुन २० गते कांग्रेस महामन्त्री गगन थापा पोखरा जादै


बुधबार, फाल्गुन १८ २०७८
655
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा पोखरा जाने भएका छन् । उनी फागुन २० गते पोखरा जाने भएका छन् । कांग्रेस मादी गाउँपालिका समितिले पोखरा १२ शीतलादेवी पार्टी प्यालेसमा आयोजना गर्ने अगुवा कार्यकर्ता प्रशिक्षणमा थापा जान लागेका हुन् ।

महामन्त्री थापाले अमेरिकी अनुदान सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौताका विषयमा भ्रम चिर्ने गरी विशेष धारणा राख्ने कार्यक्रम रहेको कास्की कांग्रेस सचिव भानु ढकालले जानकारी दिए ।

‘व्याख्यात्मक टिप्पणी राखेर एमसिसी अनुमोदन गर्न सकिन्छ भन्ने आइडिया नै सबैभन्दा पहिला हाम्रो महामन्त्रीज्यूले ल्याउनुभएको थियो,’ ढकालले भने, ‘एमसिसीबारे पार्टीको केन्द्रीय समितिले गरेको निर्णय, उक्त सम्झौता प्रतिनिधि सभाबाट पारित गर्दा गरिएको ११ बुँदे व्याख्यात्मक टिप्पणीका सम्बन्धमा महामन्त्रीज्यूले जानकारी गराउनुहुनेछ ।’

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

एमसिसी किन देशको हितमा छ र त्यसले नेपाललाई कति फाइदा गर्छ भन्ने लगायत विषयमा महामन्त्री थापाले अगुवा कार्यकर्ताहरुलाई प्रष्ट पार्ने ढकालले सुनाए । कार्यक्रममा कास्की कांग्रेसका ७२ वटै इकाइबाट अगुवा कार्यकर्ता एवं भातृ तथा शुभेच्छुक संस्थाका नेता, कार्यकर्ता सहभागीहरु हुने भएका छन् ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल, नेता रामचन्द्र त्रिपाठी लगायत जिल्लाका शीर्ष नेताहरुले पनि प्रशिक्षण दिने कांग्रेस मादी गाउँपालिका समिति सभापति यमबहादुर गुरुङले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार