

गोरखा । गोरखाकाे आरुघाट गाउँपालिका स्थित आरुटार घर भएका पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध आयोगले आज भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।



अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अदालतका उपरजिष्टार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईका अनुसार श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो मागसहितको मुद्दा दर्ता भएको छ।
२०७० सालको तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा श्रेष्ठ पर्यटन मन्त्री थिए । पूर्वसचिव समेत रहेका उनि आरुघाटकाे भिमाेदय माविका पूर्व प्रअ हुन् ।
