• बुधबार, भाद्र ३१ २०८३

एमसीसीमाथी छलफल गर्न आज संसद बैठक बस्ने


आइतबार, फाल्गुन १५ २०७८
955
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ।

शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

 यसअघि दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक बस्न लागेको हो। गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो। 

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। बैठक आज  बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार