• बुधबार, भाद्र ३१ २०८३

बाबुरामको आग्रह : एमसीसीमा साथ नदिने भए सरकार छाड्नुस्


आइतबार, फाल्गुन १५ २०७८
590
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका हुन् ।

‘खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईले यसलाई साथ दिनोस् १३८ पु¥याएर पारित गर्नोस् । होइन भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाहिं राष्ट्रवाद भित्र चाहिं राष्ट्रघात गर्न पाईदैन’ उनले भने, ‘पहिलो विकल्प, तपाईले साथ दिनुहोस् । होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्‍याएर पारित गर्छाै । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार