• आइतबार, साउन १७ २०८३

दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने प्रचण्डको घोषणा


शनिबार, फाल्गुन १४ २०७८
1.5K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गरेका छन् ।

रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा गरेका हुन् ।

तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेपछि वि.सं.२०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा स्थानीय सेते रम्तेलका १४ वर्षीय छोरा दिलबहादुर रम्तेलको सुरक्षाकर्मीले हत्या गरेका थिए ।

रम्तेललाई माओवादीले सशस्त्र जनयुद्धको पहिलो शहीद मान्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार