• बुधबार, भाद्र ३१ २०८३

राप्रपामा विभागीय प्रमुखहरूको मनोनयन, प्रचार विभागमा गोरखाका श्रेष्ठ


शुक्रबार, फाल्गुन १३ २०७८
650
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न विभागको मनोनयन गरेका छन्।

बिहीबार अध्यक्ष लिङ्देनले विभागीय प्रमुखहरूको मनोनयन गरेका हुन्।

राप्रपाका अनुसार महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

जसमा प्रचार विभाग प्रमुखमा प्रवक्ता गोरखा घर भएका मोहन श्रेष्ठ चयन भएका छन् भने सम्पर्क समाज समन्वय विभाग प्रमुखमा प्रवक्ता गोपाल दाहाललाई मनोनय गरिएको छ।

हालसालै राप्रपा प्रवेश गरेर प्रवक्ताको जिम्मेवारी पाएका ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुख, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग प्रमुख, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुख मनोनयन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार