• आइतबार, साउन १७ २०८३

एमसीसी पास गर्न माओवादी र समाजवादी तयार


शुक्रबार, फाल्गुन १३ २०७८
720
Shares

एमसीसी पारित गर्ने शर्तमा कांग्रेसले एमालेसँग मिलेर अगाडि बढ्ने तयारी गरेपछि साझेदार दल माओवादी र एकीकृत समाजवादी झस्किएका छन्।

कांग्रेस र एमाले मिलेर अगाडि बढे आफूहरुको राजनीतिक भविष्य संकटमा पर्ने भय उनीहरुमा देखिएको छ।

एमालेसँगको वार्तामा सहभागी एक नेताका अनुसार माओवादी र एकीकृत समाजवादी एमसीसीबारे पूर्ववत् अडानबाट लचिलो हुन तयार देखिएका छन्। 

सत्तारुढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटो रोजेका छन् ।

अब दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार