• आइतबार, साउन १७ २०८३

गतिरोध अन्त्यका लागि सहकार्य गर्न कांग्रेस-एमाले सहमत


बिहिबार, फाल्गुन १२ २०७८
850
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच जारी राजनीतिक गतिरोधलाई समुचित सहकार्यमार्फत निकास दिने सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान निर्माणको बेलामा जस्तै ‘कांग्रेस-एमाले समझदारी’ जुटाउने सैद्धान्तिक सहमति बनेको हो ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति एवं प्रधानमन्त्री देउवाले विगतमा मुलुकलाई निकास दिन कांग्रेस र एमालेले पटक-पटक सहकार्य गरेको स्मरण गराएका थिए ।

कांग्रेस नेताहरुले संसदबाट एमसीसी अनुमोदन गर्ने विषय घरेलु प्रतिष्ठाको मात्रै नभएर मुलुककै अन्तर्राष्ट्रिय विश्वसनीयताको पनि विषय भएकोले सहमतिका लागि प्रस्ताव गरेका थिए ।

‘हिजो प्रतिपक्षमा हुँदा एमसीसी ल्याउनुस पास गर्छौ भनेकै हो । राष्ट्रिय महत्वको कुनैपनि विषयमा हामीले प्रतिपक्षमा हुँदा पनि असहयोग गरेका थिएनौ ।

त्यसैले एमालेबाट पनि हामीले सहयोगकै अपेक्षा गरेका हौं’, बैठकमा देउवाले भनेका थिए । कांग्रेस र एमालेको राजनीतिक अनुभवका आधारमा जारी गतिरोधलाई अन्त्य गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाईमा एमाले अध्यक्ष ओलीले सहमति जनाएका छन् । स्राेत : नेपालप्रेस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार