अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ ।
प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ ।



गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।