• बुधबार, भाद्र ३१ २०८३

न्याय परिषद्को बैठक बस्दै


बुधबार, फाल्गुन ११ २०७८
845
Shares

न्याय परिषद्को बैठक आज दिउँसो ४ बजे बस्दै छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले विशेष अदालतमा न्यायाधीश खटाउने मुख्य प्रयोजनको लागि न्याय परिषद्को बैठक बोलाएका हुन्। 

आजको बैठकले विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने निर्णय गर्ने सवोच्च अदालत स्रोतले जनाएको छ।

परिषद्को बैठकका लागि विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा तय गरिएको छ। बैठकमा अन्य विविध विषयमा पनि छलफल हुनेछ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार