• आइतबार, साउन १७ २०८३

गण्डकीका मुख्यमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता


मंगलबार, फाल्गुन १० २०७८
640
Shares

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो रहेको स्मरण गरे ।

उनले गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवद्र्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकास जस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको बताए । 

बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकुलन र पर्यटन प्रवर्द्धननका लागि बेलायत सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता जनाइन् । नेपालसँगको पुरानो सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन आफूहरू हरदम तयार रहेको उनको भनाइ थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार