• आइतबार, साउन १७ २०८३

नेपाल बार एसोसिएसनको निर्वाचन चैत १९ गते हुने


मंगलबार, फाल्गुन १० २०७८
870
Shares

नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । तालिका अनुसार बारले मंगलबार (आज) मतदाता नामावली प्रकाशित गर्ने छ ।

तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।

१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ ।

बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार