• बुधबार, भाद्र ३१ २०८३

स्थानीय तह निर्वाचनका लागि १०९ राजनीतिक दल दर्ता


मंगलबार, फाल्गुन १० २०७८
825
Shares

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि थप १० वटा राजनीतिक पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

आयोगका अनुसार जनमत पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टीले दल दर्ता गराएका हुन्। 

नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनअनुरूप आयोगमा नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), साझा पार्टी नेपाल र समावेशी लोकतान्त्रिक पार्टीसहित अहिलेसम्म १०९ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार