• बिहिबार, असोज १ २०८३

एमसिसी समयमै संसदमा नल्याउँदा सडकमा अराजकता पैदा भएको ओलीको दाबी


सोमबार, फाल्गुन ९ २०७८
880
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसिसी संसदमा नल्याउँदा विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न पुगेको बताएका छन्।

आइतबार संसदमा एमसिसी टेबल भएपछि बानेश्वरमा आफ्ना सांसदहरूसँग अनौपचारिक छलफलमा उनले एमसिसी संसदमा टेबल नगर्दा दुई शक्ति राष्ट्रबीचको भनाभनको स्थिति बनेको बताएका हुन्।

‘पहिला दुई – दुई सभामुख हुँदा यो पेस गरिएन जसले गर्दा सडकमा यो खालको अवस्था पैदा भयो। अराजकता र अस्थिरताको स्थिति उत्पन्न भयो’, ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने।

अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल गरेका हुन्।

मन्त्री कार्कीले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २२२ बमोजिम सम्झौतालाई प्रतिनिधि सभा समक्ष पेस गरेका हुन्। मन्त्री कार्कीले संविधानको सर्वोच्चता र सर्वोपरिभन्दा एमसिसी सम्झौताको कुनै पनि व्यवस्था र सर्तमाथि नभएको स्पष्ट पारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार